site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपत्यकाका अधिकांश विद्यालय बन्द, पठनपाठन ठप्प
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द हुँदा भौतिक रूपमा पठनपाठन ठप्प भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टीलगायत ६ दलले आह्वान गरेको नेपाल बन्दका कारण आज विद्यालयमा पठनपाठन ठप्प भएको हो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण माघ महिनाभर बन्द भएका विद्यालय फागुन १ गतेदेखि खुलेका थिए ।

मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय प्रशासनले आज कक्षा–११ र १२ का तीन पिरियड सञ्चालन भएपछि विद्यालय बन्द गरेको जानकारी दिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसैगरी, दरबार हाइस्कुल पनि बन्द छ । विद्यार्थीहरू टाढाबाट गाडी चढेर आउने गरेकाले बन्द गर्नुपरेको प्रधानाध्यापक शारदा पौडेलले जानकारी दिइन् ।

“खोल्ने कि बन्द गर्ने भनेर बिहान साढे ८ बजे मात्रै निर्णय भयो । हामीले आज अनलाइन कक्षा सञ्चालन गरिरहेका छौँ । हतारमा कक्षा सञ्चालन गर्नुपर्दा अलि कठिनाइ भयो,” उनले भनिन् ।

Royal Enfield Island Ad

निजी विद्यालयको संगठन एन प्याब्सनका अध्यक्ष रितुराज सापकोटाले संगठनमा आबद्ध सबै विद्यालय बन्द भएको जानकारी दिए ।

उनले भने, “बल्ल लयमा फर्केका विद्यालय फेरि बन्दले बिथोलिएका छन् । खोलौँ भने विद्यार्थी र शिक्षकको सुरक्षाको दायित्व कसले लिने ? शिक्षक तथा विद्यार्थी लिन गएका बस आधा बाटोबाटै फर्केका छन् ।”

विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिए पनि प्रत्येकपल्ट नेपाल बन्द हुँदा विद्यालय बन्द हुने गरेको नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले बताए ।

उनी भन्छन्, “उक्त घोषणामा प्रमुख राजनीतिक दलका नेताहरूले हस्ताक्षरसमेत गरेका छन् । विद्यालय र विद्यार्थीले बन्दकर्ताको माग पूरा गर्ने होइन ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro