बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युद्ध नचाहेको बताएका छन् ।
जर्मन चान्सलर ओलाफ स्कोल्जसँगको वार्तापछि बोल्दै पुटिनले यसका लागि रुसले वार्ताको प्रस्ताव गरेको तर सकारात्मक जवाफ नआएको बताए ।
युरोपेली सुरक्षा र क्षेत्रप्यास्त्रको बारेमा छलफल गर्न मस्को तयार रहेको पुटिनको भनाइ छ ।
पुटिनले युक्रेनको नेटो सदस्यता सम्बन्धी प्रश्नलाई समाधान गर्न आवश्यक रहेको बताए ।
रुसी रक्षा मन्त्रालयले युक्रेनसँगको सीमानाबाट केही फौजहरूलाई अभ्यास पूरा भएपछि उनीहरूको शिविरमा फिर्ता गरिएको बताएको छ ।
यसैबीच, पुटिनले युक्रेनले डोनबासमा जातिसंहार गरेको आरोप पनि लगाएका छन् ।
उनले यस्तै आरोप यसअघि पनि लगाएका थिए । डिसेम्बरमा उनले रुसोफोबिया नरसंहारतर्फको पहिलो कदम हो भनेका थिए । डोनबासमा रुसी भाषी मानिसहरूको बसोबास छ । त्यहाँ रुस समर्थित विद्रोही र युक्रेनबीच द्वन्द्व छ ।