site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ठगी नियन्त्रण गर्न प्रहरी परिचालन
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाली पचिालन गरिएको ब्युरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

Agni Group
NIC Asia

उनका अनुसार आज बिहानैदेखि सादा पोसाकमा टोली परिचालन भएको छ । विभागसँगको समन्वयमा टोलीले काम गर्ने जनाइएको छ ।

केहीअघि भ्रमण भिसामा गएर मानिस ठगिएको गुनासो आएपछि गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको थियो । यसलाई समेत टोलीले निगरानी गर्नेछ ।

Global Ime bank

टोलीलाई उजुरी लिने, अनुसन्धान गर्ने तथा पक्राउ गर्नेसम्मको अधिकार दिइएको छ । हाल टोली सादा पोसाकमा रहेको र आवश्यकतानुसार परिचालन हुने ब्युरोले जनाएको छ ।

वैदेशिक रोजगार ऐनमा यससम्बन्धी उजुरी प्रहरीले लिन सक्ने व्यवस्था छ । सोहीअनुसार गृह र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा ब्युरोबाट प्रहरी टोली पठाइएको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu