राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक यही फागुन ८ गतेका लागि बोलाइएको छ ।
समसामयिक राजनीतिक विषय, पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्यको मनोनयनलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक फागुन ८ र ९ गतेका लागि तय गरिएको छ ।
गत पुसमा आठौँ महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय कमिटीको संख्या निर्धारण गरे पनि पदाधिकारी चयन गरेको छैन । बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचनलगायत विषयमा समेत छलफल गर्ने कार्यसूची निर्धारण गरिएको बताइएको छ । रासस
प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८ १५:५२
प्रतिक्रिया दिनुहोस्