site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक दर्जन बढी मुलुकद्वारा आफ्ना नागरिकलाई युक्रेन छाड्न आह्वान
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बीबीसी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनले रुसी फौजबाट युक्रनेमा 'हुनै लागेको' आक्रमणलाई मध्येनजर राख्दै राजधानी किभस्थित अमेरिकी दूतावास खाली गर्नु तर्कसँगत भएको बताएका छन् ।

भोलोदिमिर जेलेन्स्कीले अहिलेको परिप्रेक्षमा मानिसको सबैभन्दा ठूलो शत्रु नै सन्त्रास भएको भन्दै शान्त रहन आह्वान गरेपछि ब्लिङकनको अभिव्यक्ति सार्वजनिक भएको हो ।

अहिलेसम्म एक दर्जन भन्दा बढी मुलुकले आफ्ना नागरिकलाई युक्रेन छाड्न आह्वान गरिसकेका छन् । युक्रेनको सीमानामा एक लाख भन्दा बढी संख्यामा फौज तैनाथ गरेको रुसले भने आक्रमणको कुनै योजना नरहेको कुरा दोहर्‍याउँदै आएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

क्रेमलिनका वरिष्ठ विदेश नीति सल्लाहकार युरी उसाकोभले अमेरिकाको आक्रमण हुनसक्ने भन्ने चेतावनी अस्वीकार गर्दै हिस्टेरिया चरमचुलीमा पुगेको प्रतिक्रिया दिएका छन् । शनिबार अन्तर्राष्ट्रिय जगतमा भएका केही गतिविधिले युक्रेनको समस्यामा अझै चर्काउन खोजेको देखिएको छ ।

टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई यदि रुसले युक्रेनमा सेना प्रवेश गराएको खण्डमा तत्काल गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए । यसैगरी बेलायतका रक्षामन्त्री बेन वाल्लेसले अहिले पश्चिमा जगतबाट भइरहेको रुसी आक्रमण रोक्ने प्रयासलाई नाजी जर्मनीलाई शान्त पार्ने कामसँग तुलना गरेका थिए ।

Royal Enfield Island Ad

वाल्लेसले सन्डे टाइम्सलाई भनेका छन्,“अहिले हावामा म्युनिखको गन्ध आइरहेको छ । दोस्रो विश्वयुद्ध रोक्न असफल हिटलरसँगको सम्झौताको जस्तै वातावरण छाएको छ ।"

तर बेलायतका लागि युक्रेनका राजदूत भादिम प्रिस्ताइकोको भनाइको आलोचना गरेका छन् । प्रिस्ताइकोले बीबीसी रेडियोलाई भनेका छन्,“विश्वका आफ्ना साझेदारहरूले तिनीहरूले गर्दा विगतमा युद्ध भएको इतिहास कोट्याएर चित्त दुखाउने अहिले उपयुक्त समय होइन ।“

युक्रेनबाट आफ्ना नागरिकहरूलाई तत्कालै स्वदेश फर्कन आह्वान गर्ने मुलुकमा बेलायत र अमेरिका र जर्मनी पनि रहेका छन् । क्यानडा र अस्ट्रेलियापछि शनिबार अमेरिकाले किभस्थित आफ्नो दूतावासका अधिकांश कर्मचारीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यी तिनैवटा मुलुकले आफ्ना दूतावासका सम्पूर्ण आवश्यक कामकाज पोल्यान्डको सीमाना नजिकको पश्चिमी सहर ल्भिभबाट गर्न थालेका छन् । 

तर बेलायतका राजदूतले आफ्ना केही महत्वपूर्ण कर्मचारीका साथ आफू युक्रेनमै रहने बताएका छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले आक्रमण गर्ने सम्भावनाबारे पश्चिमा जगतसँग ठोस प्रमाणमा मागेका छन् । साथै उनले आफूले अझै त्यस्तो कुनै प्रमाण देखिनसकेको पनि बताएका थिए । 

बीबीसीका पत्रकार झाना बेज्पियात्चुकले किभलगायत अन्य प्रमुख सहरहरूमा सन्त्रासका संकेतहरू नदेखिएको बताएकी छन् । तर उनले युक्रेनी जनताले रुसको खतरालाई धेरै गम्भीर रूपमा लिन थालेको र अहिले आपतकालीन उपायहरू अपनाउन थालेको बताएकी छन् । 

होसियारीको रूपमा किभका मेयरले त्यहाँका तिस लाख वासिन्दाको आपतकालीन विस्थापनका लागि योजना कोरेका छन् । ह्वाइट हाउसले रुसले युक्रेनमा जुनसुकैबेला आक्रमण गर्नसक्ने र हवाई बमबारीबाट हमला थालिने चेतावनी दिएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  २२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro