site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दक्षिण एसियाली महिला विकास मञ्चद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
SkywellSkywell

काठमाडौं । दक्षिण एसियाली महिला विकास मञ्चले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । मञ्च अध्यक्ष प्रमिला आचार्य रिजालले नेपालमा महिला औद्योगिक पार्क स्थापना गरी महिला उद्यमशीलतालाई बढावा दिने साझा लक्ष्यसहितको संयुक्त ज्ञापनपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरेकी हुन् ।

नेपाल सरकारले ७७ वटै जिल्लामा औद्योगिक ग्राम स्थापना  गर्ने व्यवस्था गरेको छ । औद्योगिक ग्राम घोषणा तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ दफा ८.१ मा ‘महिला उद्यमी विशेष औद्योगिक ग्रामको प्रावधानअनुसार महिला उद्यमीलाई उद्योगमा आकर्षित र प्रोत्साहन गर्न महिला उद्यमीले मात्र उद्योग स्थापना गर्न पाउने गरी नेपाल सरकारले यस कार्यविधिको प्रावधान अनुरूप महिला उद्यमी विशेष औद्योगिक ग्राम घोषणा गर्न सक्नेछ’ भने पनि अहिलेसम्म घोषणा गरिएको छैन ।

Dabur Nepal
NIC Asia

दक्षिण एसियाली महिला विकास मञ्च, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकासँगको सहकार्यमा नेपालमा हरित औद्योगिक अवधारणालाई एकीकृत रूपमा जलवायु परिवर्तन अनुकूलन उपायहरू प्रवर्द्धन गर्न प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क स्थापना भइरहेको छ, जसलाई ‘कृषि पर्यटन पार्क’ को रूपमा प्रवर्द्धन गरिने जनाइएको छ । सेवा क्षेत्रलाई पर्यटनमा केन्द्रित गरी कृषि खाद्य क्षेत्रसँग सम्बन्धित ५०–६० साना उद्योग स्थापना गरिने र आयोजनाको गुरुयोजना र विस्तृत परियोजना प्रतिवेदन सम्पन्न भइसकेको पनि जनाइएको छ ।

महिला उद्यमी संघ/परिषद् र समितिका प्रतिनिधिहरुले नेपाल सरकारलाई यो प्रथम महिला उद्यमी हरित औद्योगिक पार्कको घोषणा गर्न र यस आयोजनाको सफल कार्यान्वयनक लागि बजेट विनियोजन गर्न अनुरोध गरेका छन् । यसका साथै प्रतिनिधिमण्डलले बाँकी ६ वटै प्रदेशमा हरित महिला उद्यमशील औद्योगिक पार्क घोषणा गर्न माग गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  २१:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro