site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलोपटक सूर्यसँग ठिक्क दुरी भएको ग्रह भेटियो, नयाँ जीवन सम्भव हुन सक्छ !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बीबीसी । पतन हुन लागेका ताराको आसपास जिवन थाम्न सक्ने पृथ्वी जस्तै अर्को ग्रह भएको वैज्ञानिकहरुले दाबी गरेका छन् । यदि यो पुष्टि हुने हो भने पहिलोपटक पृथ्वी बाहिर पनि जीवन सम्भव हुनेछ । 

पतन हुन लागेको या मृत तारालाई ‘ह्वाइट ड्वार्फ’ पनि भनिन्छ जसकै वरपर यो ग्रह घुमिरहेको पत्ता लागेको थियो । 

यो ग्रहलाई ताराको बस्न योग्य क्षेत्र (ह्याबिटेबल जोन) मा फेला पारिएको छ जुन न धेरै तातो हुन्छ न धेरै चिसो हुन्छ । तारासँग ठीक्क दुरीमा हुने यस्तै किसिमको ग्रहमा मात्र जीवन सम्भव छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यो खोजबारे ‘रोयल एस्ट्रोनोमिकल सोसाइटी’ मा प्रकाशित गरिएको छ । 

युनिभर्सिटी कलेज लन्डनका प्रोफेसर जे फरिहीका अनुसार यस्तो अवलोकन गर्नु अन्तरिक्ष खोजकर्ताहरुका लागि पनि एकदमै नयाँ कुरा हो । 

Royal Enfield Island Ad

उनले बीबीसीसँग भनेका छन्, “ह्वाइट डवार्फको जीवनयोग्य क्षेत्रमा यस्तो भेटिएको यो पहिलोपटक हो । त्यसैले यसको वरपर घुमिरहेको ग्रहले जीवन सहितको छुट्टै दुनियाँ बसाल्न सक्छ । ”

अन्तरिक्षको बस्न योग्य क्षेत्र भनेको त्यस्तो ठाउँ हो जहाँको ग्रहमा पानी तरल रुपमा रहन सक्छ । त्यसैले सो ठाउँमा जीवन सम्भव हुनेछ । 

त्यस्तै धेरै ठूला ताराहरु मरेपछि ब्ल्याक होलमा परिणत हुन्छन् र हाम्रो सूर्य जस्ता साना तारा चाहिँ ह्वाइट ड्वार्फ बन्दछन् ।

यसमा ताराको मृत्यु या पतन हुनु भनेको त्यसले आफ्नो सबै आणविक इन्धन प्रयोग गरि बाहिरी सतह पनि गुमाउनु हो । 

यिनीहरु प्रायः ग्रहकै आकारको हुन्छन् र निर्माण हुने बित्तिकै सेतो–नीलो प्रकाश फाल्ने गर्दछन् ।  यो सम्भावित ग्रह पृथ्वी भन्दा ११७ लाइट इयर्स टाढा रहेको छ । 

तरपनि पृथ्वी हाम्रो सूर्यबाट जति टाढा छ त्यसको तुलनामा यो ग्रह चाहिँ आफ्नो तारा भन्दा ६० गुणा नजिक रहेको पाइएको छ जुन एकदम ठीक दुरी हो । 

कुनैपनि ग्रहमा जीवन सम्भव हुनका लागि तारा र सो ग्रहबीचको दुरी अनुकूल हुन आवश्यक छ । किनकी ग्रह ताराको धेरै नजिक भयो भने बढी तातो हुन्छ र धेरै टाढा भयो भनेपनि बढी चिसो हुने हुन्छ । 

यो खोजपछि अन्तरिक्षयात्रीहरु ह्वाइट ड्वार्फको आसपास अन्य ग्रहहरुको प्रमाण खोज्न सक्रिय भएर लाग्न प्रोत्साहित बनेका छन् । किनकी फरिनीका अनुसार अन्तरिक्षको जगतमा यदि एउटा यस्तो घटना पत्ता लाग्यो भने यो अरु ठाउँ पनि सामान्य रुपमा पाइनेछ । 

प्रोफेसर फरिही भन्छन्, “हाम्रो टिमका लागि पनि यो आविस्कार एकदम ठूलो झट्का थियो । ”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  ०९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro