site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शुक्लाफाँटामा बाघ सर्वेक्षण
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु गरिएको छ । निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउनका लागि सर्वेक्षण कार्य सुरु गरिएको हो ।

राष्ट्रिय बाघ सर्वेक्षण–२०७८ अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको शुक्लाफाँटा क्षेत्र, लालझाडी र जोगबुढा क्षेत्रमा बाघ सर्वेक्षण कार्यको थालनी गरिएको छ । निकुञ्ज कार्यालयका अनुसार उक्त क्षेत्रलाई बाघ सर्वेक्षणका लागि दुई किलोमिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइ भएका २६० वडा ग्रीडहरूमा विभाजन गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले स्वचालित क्यामेराबाट सर्वेक्षण गर्न लागिएको बताए । तीन सातामा बाघ गणना सम्पन्न हुनेछ । बाघ सर्वेक्षणका लागि कुल ५२० थान क्यामेरा, ७० प्राविधिक र पाँच हात्ती परिचालन गरिने निकुञ्ज कार्यालयले जनाएको छ ।

शुक्लाफाँटामा सन् २००९ देखि बाघ गणना हुँदै आएको छ । सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पुर्‍याउने सरकारको लक्ष्यानुरूप शुक्लाफाँटामा समेत बाघको संख्या दोब्बर गर्ने लक्ष्य राखिएको छ ।

Global Ime bank

शनिबार उक्त कार्यक्रम शुभारम्भ गर्न कञ्चनपुर पुगेका वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले बाघ सर्वेक्षण कार्यक्रमले देशभर बाघको संख्या पत्ता लाग्ने बताए । जैविक विविधतामा पर्ने असरलगायत महत्त्वपूर्ण कुरा सर्वेक्षणबाट थाहा हुने उनले उल्लेख गरे ।

निकुञ्जमा यसअघि गरिएको सर्वेक्षणमा १६ बाघ भेटिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  २०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय