site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ बनाउने निजी डेरी उद्योगीको निर्णय
SkywellSkywell

काठमाडौं । निजी डेरी उद्योगहरुले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने घोषणा गरेका छन् । माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले किसानले पाउने (कच्चा) दूधको मूल्य प्रतिलिटर ६.५२ रुपैयाँले वृद्धि गरी ५४ रुपैयाँ ०४ पैसा पुर्याउने निर्णय गरेको थियो ।

सरकारले कच्चा दूधको मूल्य बढाउने निर्णय गर्दै उपभोक्ता मूल्य निर्धारण गर्ने जिम्मा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)लाई दिएको थियो ।

Dabur Nepal
NIC Asia

डीडीसीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दूधको नयाँ उपभोक्ता मूल्यसूचि सार्वजनिक गरेको थियो । डीडीसीले नयाँ मूल्यसूची सार्वजनिक गरेसँगै निजी डेरी उद्योगीले आज दूधको नयाँ उपभोक्ता मूल्य सार्वजनिक गरेका हुन् ।

शुक्रबार नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले संयुक्त पत्रकार सम्मेलन गर्दै दूधको उपभोक्ता मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको बताए ।

उनीहरुले राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा गठित मूल्य निर्धारण समितिले लागतको आधारमा प्रशोधित दूधको बिक्री मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गर्न सिफारिस गर्नुको साथै यसै अनुसार बिक्री मूल्य कायम गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले डीडीसीलाई निर्देशन दिएको भए पनि डीडीसीले भने ९ रुपैयाँ मात्रै बढाएर निजी उद्योगलाई धरासायी बनाउने खेलामा लागेको ओरोप लगाएका छन् । 

डीडीसीले दूधको उपभोक्ता मूल्यमा ९ रुपैयाँ मात्रै वृद्धि गरे पनि निजी उद्योगीले भने प्रतिलिटर १० रुपैयाँले बढाएका हुन् ।

“नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वृद्धिगरी कच्चा दूधको न्यूनतम् मूल्य ५६ रुपैयाँ ०४ पैसा निर्धारण भई दुग्ध विकास संस्थानबाट मूल्य निर्धारण समिति र मन्त्रालायको निर्देशनको अवज्ञा गरी निजी क्षेत्रका डेरी उद्योगहरु धरासायी बनाउने मनसायले प्रतिलिटर ९ रुपैयाँ वृद्धिगरी आजदेखि लागु हुने प्रशोधित दूध प्रति प्याकेटको ४२ रुपैयाँ ५० पैसा कायम गरिएकोप्रति हामी सम्पूर्ण निजी क्षेत्रको असहमति प्रकट गर्दछौं,” निजी डिरी उद्योगीका दुईवटा संगठनको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, “निजी क्षेत्रबाट किसानबाट दूध खरिद गर्दा दुग्ध विकास संस्थानभन्दा बढी नै रहेको र यही २०७८ फागुन १ गतेदेखि लागु हुनेगरी किसानहरुबाट खरिद गरिने कच्चा दूधको न्यूनतम मूल्य सहकारी संस्थाहरु समेतको गरी (४ प्रतिशत फ्याट, ८ प्रतिशत एस. एन. एफ)को ५३ रुपैयाँ ४५ बाट वृद्धि गरी ६२  रुपैयाँ चितवन जिल्लाको हकमा कायम गरिएको छ । हालै वृद्धि गरिएको मूल्य ६२ रुपैयाँमा यो मूल्य समायोजन गरिने छ । त्यसैगरी दूरीको आधारमा अन्य क्षेत्र वा जिल्लाको मूल्य निर्धारण गरिने छ ।”

यता, डीडीसीले भने दुधको उपभोक्ता मूल्य ८६ रुपैयाँ र किसानलाई दिन कच्चा  दूधको मूल्य ६० रुपैयाँ तोकेको छ । निजी उद्योगीले किसानलाई ६२ रुपैयाँ र उपभोक्ताबाट ८६ रुपौयाँ लिने निर्णय गरेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro