site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पाकिस्तानमा तान्त्रिकले ‘छोरो पाउँछौ’ भन्दै गर्भवती महिलाको निधारमा किला ठोके
Sarbottam CementSarbottam Cement

इस्लामाबाद । पाकिस्तानमा तन्त्र विधिबाट उपचार गर्ने भन्दै एकजनाले गर्भवती महिलाको निधारमा किला ठोकेका छन् । निधारमा ठोकिएको पाँच सेन्टीमिटर लामो किलो निकाल्ने प्रयास असफल भएपछि ती महिला उपचारका लागि आफैँ पेशावर सहरको एउटा अस्पतालमा आइपुगेकी थिइन् । 

सुरुमा उनले डाक्टरहरूलाई निधारमा आफैँले किला ठोकेको भन्दै वास्तविकता लुकाउन खोजेकी थिइन् । तर, पछि उनले यस्तो विधिबाट उपचार गर्दा छोरो नै जन्मिने भन्दै एकजना तान्त्रिकले आफ्नो निधारमा किला ठोकेको बताएकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ती महिलालाई चोट लागेको एक्स–रे अनलाइनमा भाइरल हुन थालेपछि प्रहरीले अनुसन्धान सु गरेको छ । एक्स–रेमा निधारभित्र किला अड्केको स्पष्ट देखिन्छ ।

लेडी रिडिङ हस्पिटलका डाक्टर हैदर खानले उपचारका लागि आउँदा उनी पूर्ण रूपमा होसमा रहेको तर अत्यन्तै पीडामा रहेको बताएका छन् ।

Global Ime bank

अस्पतालका कर्मचारीलाई उद्धृत गर्दै स्थानीय अखबार डनले ती महिलाले एकजना छिमेकीको सल्लाहअनुसार तान्त्रिकलाई भेटेको जनाएको छ । ती महिलाले पहिलै तीनजना छोरी जन्माइसकेको र यदि फेरि पनि छोरी पाएमा उनका श्रीमानले सम्बन्धविच्छेद गर्ने धम्की दिएका थिए । त्यसै डरका कारण तीन महिने गर्भवती उनी तान्त्रिकको शरणमा पुगेकी थिइन् । ती तान्त्रिकलाई प्रहरीले खोजिरहेको छ ।

केही दक्षिण एसियाली गरिब मुलुकहरूमा अझै पनि छोरीले भन्दा छोराले राम्ररी कमाउने र आमाबुबालाई राम्ररी पाल्ने विश्वास गरिन्छ । पाकिस्तानका केही भागमा अझै पनि तन्त्रमन्त्रमा मानिसहरू धेरै विश्वास गर्छन् । विशेषगरी उत्तर–पश्चिमी आदीवासी क्षेत्रमा यो अन्धविश्वास निकै फैलिएको छ । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  २१:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय