site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित
Siddhartha BankSiddhartha Bank

काठमाडौं । कर्मचारी र बोर्ड व्यवस्थापनबीचको आज भएको वार्तामा सहमति भएपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी संघ नेपाल केन्द्रीय समितिले पाँचबुँदे माग प्रस्तुत गर्दै बुधबारदेखि बोर्डमा सुरु गरेको आन्दोलन आजको वार्तामा सहमति बनेपछि स्थगित गरिएको संघका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

गत साउन २५ गते बोर्डका सदस्यसचिव दुर्गा अर्याललाई पाँचबुँदे मागपत्र पेस गरेको र पटक–पटक माग पूरा गराउन माग गर्दा पनि बोर्डले बेवास्ता गरेको भन्दै संघले बुधबारदेखि आन्दोलन सुरु गरेको थियो ।

बुधबार र आज बोर्डको काम ठप्प पारेका कर्मचारीसँग व्यवस्थापनले वार्ता गरेपछि पाँचबुँदे सहमति भएकाले थप आन्दोलनका कार्यक्रम पनि स्थगित गरिएको अध्यक्ष ढकालले जानकारी दिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement