site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ नेपाली बजारमा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ नेपाली बजारमा भित्रिएको छ । अफ द रोड अर्थात ओटीआर टायर भित्रिएको हो । ओटीआर टायर बजारको क्षेत्रमा नेपाली बजारमा पहिले देखि नै कार्यरत डेल्टा डिस्ट्रिब्युटर्सले एसेन्सो टायर ब्रान्ड भित्र्याएको हो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सो टायर सार्वजनिक गरे ।

Agni Group
NIC Asia

डेल्टा डिस्ट्रिब्युटर्सका म्यानेजिङ डाइरेक्टर विक्रम सिंघानियाले नेपाली ग्राहकको चाहना अनुरूपका विश्व स्तरीय टायरहरू उपलब्ध गराउँदै आएको बताए । यसैको निरन्तरताको रूपमा एसेन्सो ब्रान्ड भित्र्याएकाउ उनले बताए ।

यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रक जस्ता हेभी सवारी साधनमा प्रयोग गर्न सकिने जनाइएको छ ।

Global Ime bank

भारतमा महंसरिया टायर्स प्रालिले एसेन्सो टायर उत्पादन गर्दै आएको छ ।

भारतको गुजरातस्थित पनौलाीमा अवस्थित अत्याधुनिक प्लान्टमार्फत यी टायर उत्पादन हुन्छन् । १२७ एकड जमिनमा फैलिएको यो प्लान्टको उत्पादन क्षमता वार्षिक ७० हजार मेट्रिक टन रहेको र हाल ४० हजार मेट्रिक टन क्षमतामा सञ्चालित रहेको जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय