काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली हटेको छ ।
आइतबार बसेको प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति १२ बजेदेखि सवारी साधनामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी धनश्याम भुसालले जानकारी दिए ।
साथै बैठकले फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरू सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
काठमाडौं । फागुन १ गतेदेखि सिनेमा हल सञ्चालन गर्न पाइने भएको छ ।
बैठकले सिनेमा हल, जिम खाना, डान्सबार, दोहोरी साँझसहित रात्रिकालीन व्यवसाय खोल्न दिने निर्णय पनि गरेको छ । तर, राति १० बजेपछि भने यस्ता व्यवसाय सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ ।
व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नुपर्ने छ ।
के छ आदेशमा ?