site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जगदम्बा सिमेन्ट फेरि नेपाल गुणस्तर अवार्डबाट सम्मानित, कुन सिमेन्ट कस्तो ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं ।  नेपालको सबै भन्दा ठूलो सिमेन्ट उत्पादकमध्येको एक जगदम्बा सिमेन्ट नेपाल गुणस्तर अवार्डबाट सम्मानित भएको छ ।  जगदम्बा सिमेन्ट यसअघि सन् २०१४, २०१५ र २०१९ मा नेपाल गुणस्तर अवार्डबाट सम्मानित भइसकेको छ । यस्तै रूपन्देही उद्योग संघबाट पनि २०७३ र २०७५ मा उत्कृष्ट उद्योगबाट सम्मानित भइसकेको छ ।

कम्पनीले ४३ र ५३ ग्रेड ओ.पी.सी, पी.पी.सी. र पी.एस.सी. सिमेन्ट उत्पादन र वितरण गर्दै आइरहेको छ । सन्‌ २००१ मा स्थापना भएको यो कम्पनीले उच्च गुणस्तरको कच्चा पदार्थको प्रयोग, क्लोज सर्किट मिल, आधुनिक उपकरण र विश्वस्तरीय भीआरएम प्रविधिबाट गुणस्तरमा निरन्तर सुधार गर्दै गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै देशको आवश्यकता पूरा गर्दै आइरहेको जनाएको छ ।

दुई दशकदेखि निर्माण जगतमा गुणस्तरिय सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको जगदम्बा सिमेन्टले आफ्नो ओपीसी ब्रान्डमा नेपाल गुणस्तरबाट लागु गरिएको ४३ ग्रेड र ५३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्न गुणस्तरका सम्पूर्ण मापदण्ड पूरा गरी नेपाल गुणस्तर तथा नाँप तौल विभागबाट एनएस व्राण्डमा ५७२ को प्रमाण पत्र प्राप्त गरिसकेको पनि जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

साधारण पोर्टल्यान्ड सिमेन्ट (ओपीसी)लाई २८ दिनमा आउने भारवहान क्षमताको आधारमा वर्गिकरण गर्न सकिने भन्दै कुन ग्रेडको सिमेन्ट के मा प्रयोग हुन्छ भन्ने जनाएको छ ।

३३ ग्रेडको ओपीसी : २८ दिनमा न्यूनतम ३३ कम्प्रेसिभ क्षमता प्राप्त हुने ओपीसी सिमेन्ट हो । यो सामान्य खालका संरचनाहरूमा प्रयोग हुन्छ, जसको भार वाहन क्षमता अहिले बजारमा पाउने पीपीसी र पीएसी सिमेन्ट बराबर नै हुन्छ । नेपाल गुणस्तर अनुरूप अहिले बजारमा सिमेन्टको बोरामा ओपीसी मात्र लेखेको बोराहरू ३३ ग्रेड मान्यता पाएका सिमेन्टहरू छन्‌ ।

Royal Enfield Island Ad

४३ ग्रेडको ओपीसी : २८ दिनमा न्यूततम ४३ कम्प्रोसिभ क्षमता प्राप्त हुने सिमेन्ट हो । यो विभिन्न सामान्य देखि विशेष खालका कंक्रिट संरचना निर्माणमा प्रयोग हुन्छ । यस्ता सिमेन्ट घर, अपार्टमेन्ट, जलविद्युत, पुल, बाटो हरेक प्रकारका निर्माणमा उपयोगी हुन्छ ।

यसको कम्प्रेसिभ क्षमता ३ दिनमा २३ एमपीए, ७ दिनमा ३३ एमपीए, र २८ दिनमा ४३ एमपीए न्यूनतम रूपमा हुनुपर्दछ । अहिले बजारमा नेपाल गुणस्तर अनुरूप ४३ ग्रेडका सिमेन्टको बोरामा ४३ ग्रेड ओपीसी भनेर लेखिएको हुन्छ ।

५३ ग्रेडको ओपीसी : २८ दिनमा न्यूनतम ५३ कम्प्रेसिभ क्षमता प्राप्त हुने सिमेन्ट हो । यो विशेष संरचना,जहाँ छोटो समयमा धेरै कम्प्रेसिस क्षमता चाहिने संरचनामा प्रयोग हुन्छ । जस्तै प्री स्ट्रेस्ड कंकिट, सिमैन्ट ग्राउटस, पुल, विद्युत गृह निर्माण,बहु तल्ला भवन, कंक्रिटमा ३५ एमपीए भन्दा बढी भारवाहन क्षमता चाहिने संरचनाहरू आदि । यसमा ३ दिनमा २७, ७ दिनमा ३७ र २८ दिनमा न्यूततम ५३ एमपीए क्षमता हुनुपर्दछ । अहिले नेपाली बजारमा नेपाल गुणस्तर अनुरूप ५३ ग्रेडको सिमेन्टको बोरामा ५३ ग्रेड ओपीसी भनेर लेखिएको हुन्छ ।

यसरी ३३, ४३ र ५३ ग्रेडका सिमेन्ट यसले २८ दिनमा कुनै पनि संरचनालाई थेग्न सक्ने शक्तिको आधारमा वर्गीकरण गरिएका छन्‌ । जति धेरै बढी ग्रेडको सिमेन्ट भयो त्यति नै छोटो समयमा धेरै क्षमताको शक्ति तथा सिर्जना हुन्छ । बढी ग्रेडका सिमेन्ट प्रयोग गर्दा बढी ताप उत्पन्न हुनाले कंकिटिङसँगै क्युरिङ (पानीले भिजाउने) कार्यलाई पनि विशेष ध्यानदिनु पर्ने कम्पनीले जनाएको छ । सिमेन्टको ग्रेड अनुरूप बजार मूल्य पनि फरक हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro