site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युक्रेन मामिलामा चीनले पनि मुख खोल्यो
Siddhartha BankSiddhartha Bank

मस्को । युक्रेनको विषयमा अमेरिका र रुसबीच युद्धको आवाज चर्किरहेका बेला विश्व राजनीतिको तेस्रो प्रमुख खेलाडी चीनले पनि मुख खोलेको छ ।

पछिल्ला केही दिनदेखि चीनले मस्को र वासिङटन दुवैलाई शान्त रहन र शितकाल युद्धको मानसिकता त्याग्न आह्वान गर्न थालेको छ । साथै चीनले स्पष्ट रूपमा आफूले रुसको चिन्तालाई समर्थन गर्ने जनाएको छ । यसरी चीनले आफ्नो लामो समयदेखिको गठबन्धन तथा पूर्व कम्युनिस्ट 'कमरेड' रुसलाई सघाउने जनाएको हो । 

गत साता चीनका विदेशमन्त्री वाङ यीले रुसको सुरक्षा चासोहरू वैधानिक भएको र तिनलाई गम्भीर ढंगले सम्बोधन गरिनुपर्ने बताएका थिए । 

Agni Group
NIC Asia

सोमबार संयुक्त राष्ट्र संघका लागि चिनियाँ दूत झाङ जुनले अझै एक कदम अघि बढेर रुसले अन्तर्राष्ट्रिय शान्तिलाई खतरा पुर्‍याइरहेको भन्ने अमेरिकी दाबीलाई चीनले अस्वीकार गर्ने जनाएका थिए । 

त्यसैगरी झाङले अमेरिकाले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठक बोलाइनुलाई 'एकहोरो खालको कुटनीति'को संज्ञा दिँदै त्यो वार्ताका लागि उपयुक्त नभएको भनेर आलोचना गरेका थिए ।

Global Ime bank

तर चीनको सरकारी सञ्चार माध्यमले युक्रेनको समस्यालाई हल्का रूपले लिइरहेको छ ।

चीनमा पश्चिम जगत विरोधी भावना फैलिरहेको छ भने युक्रेनको समस्यालाई पश्चिमी जगतको अर्को असफलताको रूपमा परिभाषित गरिँदैछ । 

चिनिया जनताका दृष्टिकोणमा अमेरिकी नेतृत्वमा रहेको नाटोले अन्य मुलुकहरूको सार्वभौमलाई सम्मान गर्न अस्वीकार गर्दै मनपरी काम गरिरहेको छ । उदाहरणका लागि नेटोले रुस र चीनको आफ्नो भुमि प्रतिरक्षा गर्ने अधिकारीलाई बेवास्ता गरेको बताइएको छ । 

चीनको द ग्लोबल टाइम्सले चीन र रुसबीच सदैव निकट र समुधुर सम्बन्धले विश्वको स्थिरताको प्रतिरक्षा गर्ने अन्तिम विकल्प रहेको जनाएको छ ।

यसैगरी चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले अमेरिकाले आफ्नो घरेलु चासो पन्छाउने र युरोप माथिको आफ्नो प्रभाव ब्युँताउने प्रयास गरिरहेको जनाएको छ ।

यता ब्रुकिङस प्रतिष्ठानका नीति निर्देशक जेस्सिका ब्रान्ड्टले चीनको आलाचना गर्दै अमेरिका र नेटोका पक्षमा ट्विटरमार्फत दिएको अभिव्यक्तिलाई चीनमा प्रतिवन्ध लगाइएको छ ।

केही अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरूले अहिले चीन र रुसबीचको सम्बन्ध माओ र स्टालिनका पालामा भन्दा बढी मजबुत रहेको प्रतिक्रिया दिएका छन् ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  २०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय