site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
सातवटै प्रदेशमा मेघगर्जन र चटयाङसहित वर्षाको सम्भावना
SkywellSkywell

काठमाडौं । सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायु सक्रिय हुँदा वर्षा हुने भएको हो । 

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

Dabur Nepal
NIC Asia

अन्य प्रदेशका पहाडी भूभागहरुका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा वाग्मती प्रदेश र प्रदेश–१ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

आज राति देशभर सामान्य देखिपूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेका कारण चिसो बढ्ने र यसबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  ०६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro