site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हत्या गर्न लगाउनेलाई जन्मकैद
Siddhartha BankSiddhartha Bank

डोटी । उच्च अदालत दिपायल राजपुरले शिशु हत्या गर्न लगाएको अभियोग लागेका बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको फैसला सुनाइएको छ ।

हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाब दिएको अभियोगमा निजमाथि जिल्ला अदालत बाजुरामा उजुरी परेको तर जिल्ला अदालत बाजुराले अभियुक्तलाई निर्दोष भन्दै सफाइ दिएको भए पनि उच्च अदालत दिपायल राजपुरले भने निज दोषी भएको ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

राजकुमारको बलात्कारपछि गर्भवती भएकी एक युवतीले विसं २०६९ जेठ २७ गते शिशु जन्माएकी थिइन् । उनीबाट जन्मिएको बच्चा मारिदिनु भन्दै पटकपटक दबाब दिएपछि युवतीले जन्मेको ३४ दिनमा विषादी सेवन गराई आफ्नै सन्तानको हत्या गरेको प्रमाणका आधारमा निजलाई जन्मकैदको सजायाँ सुनाइएको उच्च अदालत दिपायल राजपुरले जनाएको छ । 

मङ्गलबार उच्च अदालतका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतबहादुर थापाको संयुक्त इजलासले राजकुमारलाई मुख्य दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

Global Ime bank

यसैगरी शिशुको हत्या गर्ने युवतीलाई चार वर्ष कैद हुनेगरी जिल्ला अदालत बाजुराले सुनाएको सजाय उच्च अदालत दिपायल राजपुरले सदर गरेको छ । उक्त घटनामा संलग्न भएको र विषादी जडीबुटी ल्याएर बालकलाई खुवाउन सहयोग गरेको आरोपमा अर्की एक महिलालाई छ महिना कैद सजाय सुनाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  २०:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement