देश
काठमाडौं । सरकारले कोभिड १९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण शुक्रबारसम्म पठाउन तीनै तहका निकायलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै आगामी शुक्रबारसम्म सो विवरण डीएचआईएस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न निर्देशन दिएको हो ।
सरकारले हालसम्मको खोप विवरणको अभिलेखका सम्बन्धमा छानबिन गर्न आइतबार छानबिन समिति गठन गरेको छ । समितिले दुई सातामा प्रतिवेदन पेस गर्ने जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १७, २०७८ १६:२१
प्रतिक्रिया दिनुहोस्