site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चुनावको मिति घोषणा गर्न माग गर्दै अनेरास्वियुद्वारा आन्दोलनका कार्यक्रम घोषणा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)ले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार संगठनकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्तिमार्फत समयमै निष्पक्ष निर्वाचनको सुनिश्चितताको माग गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेकी हुन् ।

अन्यथा लाखौँ विधार्थीलाई सडकमा उतार्ने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

Agni Group
NIC Asia

आन्दोलनका कार्यक्रमअनुसार संगठनले माघ १७ गते (भोलि) देशैभरिका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालय मार्फत तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण गराउने छ ।

भोलि नै देशैभरि अधिकतम २५ जनासम्म जम्मा भएर तत्काल निर्वाचन गर्न दबाब दिन क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राख्ने छ । माघ १८ गतेसम्म निर्वाचन घोषणा नगरे प्रतिकात्मक रूपमा सरकारका मन्त्रीहरू सहभागी कार्यक्रममा कालो झण्डा देखाइने विज्ञप्तिमा भनिएको छ । 

Global Ime bank

अनेरास्ववियुले माघ १९ गते काठमाडौं र प्रदेश राजधानीहरूमा कानूनविद्हरूसँग सडक बहस गर्ने बताएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu