site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विमलको उत्कृष्ट पुनरागमनमा नेपालको जित (तस्बिरहरूसहित)
तस्बिरहरू : हरिशजंग क्षेत्री र अभिषेक महर्जन/बाह्रखरी ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । विमल घर्तीमगरको उत्कृष्ट पुनरागमनमा नेपालले शनिबार मोरिससविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा १–० को विजय हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले ५५औँ मिनेटमा विमलको गोलबाट अग्रता लिएको थियो । अञ्जन विष्टले विपक्षी खेलाडीबाट खोसेर दिएको लामो पासलाई विमलले ‘फर्स्ट टच’मै पोस्टको दिशा दिएका थिए । विमलले दोस्रो बार च्यापेर हानेको बल बारमा लागेर छिरेको थियो ।

विमलले पछिल्लोपटक राष्ट्रिय टोलीबाट खेलेको जोर्डनविरुद्ध हो । ०७६ असोजमा विश्वकप छनोटमा जोर्डनविरुद्ध खेलेपछि विमल राष्ट्रिय टोली बाहिर थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

फिफा विश्वकप छनोटअन्तर्गत नै कुवेतविरुद्धको खेलमा पनि विमललाई बोलाइएको थियो । तर, खेल्न भुटान जानु अघिल्लो राति डिस्को गएको भन्दै एन्फा अनुशासन समितिले विमलसहित चार खेलाडीलाई कारबाही गरेको थियो । जसका कारण विमलले भुटान यात्रा गुमाएका थिए ।

गत वर्ष पुस पहिलो साता प्रशिक्षणका दौरान विमलको घुँडामा चोट लागेको थियो । उनको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको थियो भने मेडिएल कोल्याटरल लिगामेन्ट (एमसीएल)मा पनि हल्का चोट लागेको थियो । कतारस्थित अस्पेटर अस्पतालमा विमलको शल्यक्रिया भएको थियो ।

Global Ime bank

शल्यक्रियापछि चोटमुक्त भएर फर्किएका विमलले यही लिगमार्फत मैदानमा पुनरागमन गरेका हुन् । मच्छिन्द्र फुटबल क्लबबाट खेलेका विमलले जारी लिगमा तीन गोल गरिसकेका छन् । विग्रेड ब्वाइज क्लबविरुद्धको खेलमा उनी उत्कृष्ट लयमा पनि देखिएका थिए । त्यही प्रदर्शनलाई हेरेर मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विमललाई राष्ट्रिय टोलीमा बोलाएका थिए । त्यसमा पनि विमल खरो उत्रिए ।

७६औँ मिनेटमा अञ्जन विष्ट अभागी रहे । जगजित श्रेष्ठको कर्नरमा अञ्जनले हानेको हेडिङ क्रसबारमा लागेर फर्किएको थियो । अञ्जनले पेनाल्टी क्षेत्रबाट हानेको अर्को प्रहार पनि क्रसबारमा लागेर फर्किएको थियो । जगजितले पनि सन् २०१५ पछि पहिलोपटक राष्ट्रिय टोलीबाट खेलेका हुन् ।

पहिलोमा हाफमा पनि विमलले एउटा राम्रो मौकामा बल विपक्षी गोलकिपर केभिन जेन लुइसको हातमा थमाएका थिए । पहिलो हाफमै सुमन लामाले पेनाल्टी क्षेत्र बाहिरबाट हानेको दुई प्रहारले पोस्टको दिशा लिन सकेन ।

पहिलो हाफ सकिन १० मिनेट बाँकी हुँदा मोरिससले एक राम्रो ‘मुभ’ बनाएको थियो । तर, एड्रिइन फ्रोन्कोइसको प्रहारलाई नेपालका गोलकिपर किरण चेमजोङले बचाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC