site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दयाहाङ राई विराटनगरको सद्‌भावना दूत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली विराटनगर किंग्सले अभिनेता दयाहाङ राईलाई सद्‌भावना दूत बनाएको छ । विराटनगरले आइतबार एक कार्यक्रमकाबीच दयाहाङलाई ‘गुडविल एम्बेसडरका रूपमा सार्वजनिक गरेको हो ।

सम्झौता पत्रमा विराटनगरका मालिक बैंकटेस मुन्द्रा र दयाहाङले हस्ताक्षर गरेका थिए । सम्झौता एक वर्षका लागि हुने छ । सम्झौता रकम भने खुलाइएको छैन ।

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामालगाताय उपस्थित थिए ।

विराटनगरको मार्की खेलाडीमा सन्दीप लामिछाने छन् । यसैगरी, ड्रिम्स स्पोर्टस प्रालिको स्वामित्वमा रहेको टोलीले आयरल्यान्डका केविन ओ’ ब्रायनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदै छ ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहने छ । लिगमा विराटनगरसँगै, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  २०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro