site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
गौतमबुद्ध क्रिकेट रंगशाला अलपत्र पर्दैन : मन्त्री गहतराज
SkywellSkywell

चितवन । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अलपत्र पर्न नदिने प्रतिबद्धता जनाएका छन् । भरतपुर महानगरपालिकाले आज आयोजना गरेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका सम्बन्धमा अन्तर्क्रिया कार्यक्रममा उनले खेलकुद क्षेत्रको गौरवको आयोजना भएकाले यो परियोजना अलपत्र पर्न नदिने बताएका छन् ।

नेपालमा अन्तर्राष्ट्रियस्तरका खेल खेलाउन मिल्ने रंगशाला नभएको भन्दै उनले सबै हिसाबले उपयुक्त ठाउँमा रहेकाले भरतपुरमा निर्माण रोकिएको रंगशाला सम्पन्न गर्नुपर्नेमा जोड दिइन् । कुन तरिकाले व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयको सिंगो टोली चितवन आएको भन्दै मन्त्री गहतराजले टोलीले अध्ययन थाल्ने बताए ।

Dabur Nepal
NIC Asia

रंगशाला सम्पन्न गर्न स्थानीयवासीको चासो हुनुपर्ने भन्दै उनले भने, “तपाईंहरू एक ढिक्का भएर नलागे परियोजना अलपत्र पर्न सक्छ ।”

केन्द्र, प्रदेश र महानगरको संयुक्त प्रयासबाट रंगशाला सम्पन्न हुने उनको भनाइ थियो । खेलकुदका पूर्वाधार बजेटको अभावमा अलपत्र परेको भन्दै दातृ निकायसँग आर्थिक सहयोगका लागि कुराकानीसमेत भइरहेको उनले बताए । रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुश–सुन्तली फाउन्डेसनले अहिलेसम्मको खर्च विवरण यथाशीघ्र सार्वजनिक गरेर बुझाएमा काम अघि बढाउन सहज हुने मन्त्री गहतराजको भनाइ थियो ।

“राष्ट्रिय सहमति जुटेर अघि बढेको देशकै यो नमुना परियोजना भएकाले यसलाई सम्पन्न गर्न मन्त्रालयको ध्यान गएको छ,” उनले भने । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  २०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro