site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लगातार चौथो दिन पनि घट्यो नेप्से, कारोबार रकम पनि घट्दै
SkywellSkywell

काठमाडौं । लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबारबाटै घटिरहेको सेयर बजार परिसूचक नेप्से आज चौथो दिन बुधबार ३८.४२ अंकले घटेर २७७६.६५ अंकमा बन्द भएको छ । चार दिनसम्म लगातार घट्दा नेप्से आज २८०० को बिन्दुबाट तल झरेको हो ।

दिनभर तीव्र उताचढाव देखिएको नेप्सेमा सबै उपसूचकमा गिरावट भएको छ । बजार परिसूचकसँगै कारोबार रकम पनि सुस्ताउँदै गएको छ । आज बजारमा ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजारको कारोबार भएको छ ।

Dabur Nepal
NIC Asia

घट्दो बजारमा अपी पावरको सर्वाधिक करिब १७ करोडको कारोबार हुँदा अरूण भ्याली हाइड्रोपावरको साढे १३ करोड र अपर तामाकोशीको १० करोडको कारोबार भएको छ । 

आज नेप्सेमा १९० कम्पनीको सेयर कारोबार भएकोमा १७० कम्पनीको सेयर मूल्यममा गिरावट हुँदा १५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको स्थिर रहयो । आज कारोबार भएकामध्ये विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४.९७ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्सको ४.०३ प्रतिशतले घटेको छ ।

यता पोखरा फाइनान्सको सेयरमूल्य सर्वाधिक ५.५९ प्रतिशतले गिरावट हुँदा सेन्ट्रल फाइनान्सको ४.२८ प्रतिशत र मानुषी लघुवित्तको सेयर मूल्य ४.२४ प्रतिशतले घटेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro