site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा कोइराला पक्षधर कांग्रेस नेताहरुको जोड
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्नेमा जोड दिएका छन् । पार्टीका नेता डा. शेखर कोइरालाले आयोजना गरेको भर्चुअल बैठकमा सहभागी नेताहरुले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्नुपर्ने सुझाव दिएका हुन् ।  

नेताहरुले स्थानीय निर्वाचनका सम्बन्धमा सत्ता गठबन्धनमा निर्णय गर्नुअघि पार्टीमा आवश्यक छलफल गरी साझा धारणा बनाउनुपर्ने बताउँदै पार्टीमा एकता कायम गरेर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने सुझाव समेत दिएका छन् । 

Agni Group
NIC Asia

बैठकमा नेता डा. कोइराला, महामन्त्री गगनकुमार थापा, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. मीनेन्द्र रिजाल, डा. चन्द्र भण्डारीलगायतका सहभागी थिए । 

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको संयोजनमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले समयमै स्थानीय तहको निर्वाचन गर्ने सन्दर्भमा विभिन्न चरणमा छलफल गर्नुका साथै आइतबार मात्रै कानुनविद्हरुसँग परामर्श गरेका थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  ०६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu