site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भक्तपुरमा उकालो लाग्दै ‘कोरोना ग्राफ’
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

भादगाउँ । भक्तपुरमा कोरोना संक्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो सयम जिल्लामा दैनिक ५०० भन्दा धेरै संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ संक्रमित थपिए । त्यस्तै, यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते ५६४ संक्रमित थपिएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

संक्रमितको संख्या बढेसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या समेत ह्वात्तै बढेको छ । जिल्लामा आइतबारसम्म सक्रिय संक्रमितको संख्या चार हजारनजिक पुगेको छ । कुल सक्रिय संक्रमितको संख्या तीन हजार ९९८ पुगेको हो । तीमध्ये पुरुष दुई हजार ७० र महिला एक हजार ९२८ छन् ।

जिल्लामा चार नगरपालिकामध्ये सबैभन्दा धेरै मध्यपुरथिमिमा एक हजार १४७ सक्रिय संक्रमित छन् । तीमध्ये ५८९ पुरुष र ५५८ महिला छन् । मध्यपुरथिमिमा आइतबार मात्रै २०२ संक्रमित थपिएका थिए ।

त्यस्तै, सूर्यविनायकमा एक हजार ६२, भक्तपुरमा ७६५ र चाँगुनारायण नगरपालिकामा ४६१ र अन्य २७४ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सक्रिय संक्रमितमध्ये ३१ संस्थागत आइसोलेसन तथा अस्पतालमा र २३ जना सामान्य आइसोलेसनमा उपचाररत छन् । त्यस्तै, एचडीयूमा चार, आईसीयूमा तीन र भेन्टिलेटरमा एकजनाको उपचार भइरहेको छ । जिल्लाका विभिन्न अस्पतालमा सामान्य आइसोलेसन २५६ शय्या, एचडीयू ११७ शय्या, आईसीयू ३५ र भेन्टिलेटर १६ छन् ।

यसैगरी, जिल्लमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६० पुगेको छ । यही माघ ८ गते एक संक्रमितको मृत्युसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६० पुगेको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  ०८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu