site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी र नेटवर्किङ मार्केटिङ गैरकानुनी
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी र नेटवर्किङ मार्केटिङ अन्तर्गतको कारोबार गैरकानुनी भएको बताएको छ । नेपालमा विदेशी मुद्रा वा विनिमयको रूपमा यसले मान्यता नपाएकाले यस किसिमको कारोबार गर्नेलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी राष्ट्र बैंकले दिएको छ ।

आइतबार राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी र नेटवर्किङ मार्केटिङबारे जानकारी प्राप्त भएको भन्दै त्यसमा गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।

Agni Group
NIC Asia

“हालका दिनहरूमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीहरूको कारोबार/प्रयोग गर्न तथा त्यस्ता भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीहरूसँग सम्बन्धित ‘हाइपर फन्ड’ जस्ता कोषमा लगानी गर्न र ‘जोकियल’, ‘क्राउड वान’ र ‘सोलेम्याक्स ग्लोबल’ जस्ता पिरामिडमा आधारित ‘नेटवर्कीङ मार्केटिङ’मा आवद्ध हुन प्रोत्साहन गर्ने/गराउने गरेको जानकारी प्राप्त हुन आएकोले सो सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ” राष्ट्र बैंकले भनेको छ ।

नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको राष्ट्र बैंकले जनाएको छ । यसैले यस किसिमको गैरकानुनी वित्तीय औजारमा आवद्ध भई त्कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरूसमेतले त्यस्तो कार्य गरे/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने राष्ट्र बैंकले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय