site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नक्कली परीक्षार्थी, विचौलिया र परीक्षामा अमर्यादित काम गर्ने तीनजना पक्राउ

काठमाडौं । चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालिक एमडी/एमएस प्रवेश परीक्षामा नक्कली परिक्षार्थी बनी परीक्षा दिने, उक्त परीक्षामा विचौलियाको रूपमा नक्कली परिक्षार्थीलाई सहयोग गर्ने एवं परीक्षामा अमर्यादित कार्य गरेको आरोपमा तीनजना पक्राउ परेका छन्  ।

उनीहरूलाइए हिजो काठमाडौंबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश गोण्डा ठेगाना भएका ३० वर्षीय जितेन्द्र कुमार मिश्रा, भारत बिहार सिक्टा ठेगाना भएका ३४ वर्षीय शशि भूषण सिंह र भारत बिहार खगरिया ठेगाना भएका ३२ वर्षीय कृष्ण मुरारी रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले नक्कली परिक्षार्थी जितेन्द्र र विचौलियाको रूपमा नक्कली परिक्षार्थीलाई सहयोग गर्ने शशि भुषणलाई काठमाडौं महानगरपालिका–८ एलआरआई स्कुल कलंकीबाट र परिक्षामा अमर्यादित कार्य गर्ने कृष्ण मुरारीलाई नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान सानोभर्‍याङ काठमाडौंबाट पक्राउ गरेको हो ।

उनीहरूविरुद्ध शिक्षा ऐन, २०२८ बमोजिम थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro