site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्वाचन आयोगले विधान सच्याउन र झन्डाबाट गाई हटाउन निर्देशन दिएपछि राप्रपाको बैठक बस्दै
Siddhartha BankSiddhartha Bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आज पदाधिकारी बैठक बस्दै छ । धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्न लागेको बैठकमा निर्वाचन आयोगको पत्रका विषयमा छलफल हुने बताइएको छ ।

“निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दुराज्य र संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र हटाउन निर्देशन दिँदै पत्र काटेको छ,” राप्रपा महामन्त्री कुन्ती शाहिले भनिन्, “राप्रपाको झन्डाबाट गाई समेत हटाउन निर्देशन दिँदै पत्र पठाएको छ । त्यो पत्रको जवाफ दिने विषयमा छलफलका लागि हामी बैठक बस्दै छौ ।”

Agni Group
NIC Asia

शाहीले विगतदेखि चुनाव लड्दै आएको चिह्न र विधान सच्याउन निर्देशन दिनु प्रजातान्त्रिक मान्यता र संविधानविपरीत रहेको दाबी गरिन् ।

निर्वाचन आयोगले यही माघ २ गते राप्रपालाई पत्र पठाएर संवैधानिक राजतन्त्रसहितको प्रजातान्त्र र सनातन हिन्दुराज्य विधानबाट हटाउन निर्देशन दिएको थियो । यस्तै, आयोगले राप्रपाको झन्डामा रहेको गाई चिह्न पनि हटाउन भनेको थियो ।

Global Ime bank

‘नेपालको राष्ट्रिय झन्डा, निसान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ सिम्रिक, राष्ट्रिय जनावर गाईलगायत राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्बिर वा चिह्न दललाई प्रदान नगर्ने र कुनैलाई दिइएको भए पुनरवलोकन गर्ने निर्णय भएकाले झन्डाको मध्यभागमा गाई चिह्न भन्ने वाक्यांश हटाउन’ पत्रमार्फत आयोगले निर्देशन दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu