देश
काठमाडौं । कोभिड–१९ महामारीविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदानस्वरूप २० लाख सिरिन्ज उपलब्ध गराएको छ ।
शनिबार उक्त परिमाणको सिरिन्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।
शनिबार हस्तान्तरित सिरिन्जले जारी खोप अभियानमा योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत हाउ याञ्छीले नेपाली मित्रहरूलाई सहयोग गर्न चीन सरकार सदैव तत्पर रहेको बताएकी छन् । रासस
प्रकाशित मिति: शनिबार, माघ ८, २०७८ २०:५२
प्रतिक्रिया दिनुहोस्