site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दोस्रो त्रैमासमा एनआईसी एसिया बैंकको नाफा २ अर्ब ४० करोड, निष्क्रिय कर्जा ०.४७ प्रतिशत
Siddhartha BankSiddhartha Bank

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले चालू आ.व. २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक छन् ।

बैंकले यसअवधिसम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७३.४६ अर्ब पुर्‍याउन सफल भएको छ । साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब)ले वृद्धि गरी कुल निक्षेप संकलन रू. २९९.३४ अर्ब पुर्‍याउन बैंक सफल भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बैंकले यस त्रैमासमा खुद मुनाफातर्फ रू. २.४० अर्ब आर्जन गर्न सफल भएको छ । जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१.७७ प्रतिशत रहेको छ ।

बैंकले वार्षिक प्रति सेयर आम्दानी रू. ४१.४३ आर्जन गर्न बैंक सफल भएको छ । कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई दोस्रो त्रयमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय