राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले किसान र भूमिहीनको हितमा काम गरिरहेको बताएका छन् ।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले किसान र भूमिहीनको हितमा भएको कामका बारेमा पनि जानकारी दिएका छन् ।
“रासायनिक मल आपूर्तिका लागि १३ अर्ब विनियोजन गरिसकिएको छ,” उनले भने, “धान र उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ ।”
प्रधानमन्त्री देउवाले भूमिहीन र अव्यवस्थित बसोबास भएकाहरूको व्यवस्थापनका लागि काम थालिसकेको जानकारी दिए ।
“भूमिहीन र अव्यवस्थित बसोबासको अन्त्यका लागि भूमि आयोग गठन भएको, नवलपरासी सुस्ता पूर्वबाट लालपुर्जा वितरण भएको छ,” उनले भने ।
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८ १६:४२
प्रतिक्रिया दिनुहोस्