site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
केजी इन्टरकन्टिनेन्टलले ल्यायो विन्टर अफर, एसवाईएम मोटरसाइकलमा विशेष छुट

काठमाडौं । केजी इन्टरकन्टिनेन्टल प्रा.लि.ले विन्टर अफर ल्याएको छ । कम्पनीले नेपाली बजारमा बिक्री गरिरहेको एसवाईएम मोटरसाइकलमा यो अफर ल्याएको हो । माघ ९ गतेबाट यो अफर देशभरका सबै शोरुममा लागु हुने जनाइएको छ । यो योजना माघमसान्तसम्म मात्रै लागु हुनेछ । अफर अन्तर्गत एसवाईएमको एनएचटी २०० बाइक खरिद गर्दाे नगद १० हजार रुपैयाँ पाइने कम्पनीले जनाएको छ । 

कम्पनीले एक्स्चेन्ज गर्न सक्ने सुविधा पनि ल्याएको छ । पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्यभन्दा अतिरिक्त १५ हजार रुपैयाँ थप मूल्यांकन गरिने जनाइएको छ ।

काठमाडौंमा कमलपोखरी, टेकु, चाबहिल र बनेपा तथा संखुवासभा, इलाम, पोखरा, चितवनमा एसवाईएमको शोरुम सञ्चालनमा रहेको जनरल म्यानेजर प्रमिला खत्रीले बताइन् । १८३ सीसीको यो बाइकमा एफआई इन्जिन, लिक्विड कुलिङ इन्जिन, सिट हाइट ८१० एमएम, फ्युलट्याङक ११ लिटरलगायतका विशेषता रहेको कम्पनीले  जनाएको छ । यसको अत्याधिक पावर १३.५ किलोवाट, ८५०० आरपीएम, अत्याधिकटर्क १५.७ एमएम र ७५०० आरपीएम रहेको कम्पनीले जनाएको छ ।

यो बाइकको स्थानीय बजार मूल्य ६ लाख २५ हजार रुपैयाँ रहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro