site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
एट्लेटिको मड्रिड पराजित
SkywellSkywell

काठमाडौं । एट्लेटिको मड्रिड बुधबार राति रियाल सोसिडाडसँग २–० ले पराजित भएपछि कोपा डेल रेको अन्तिम–१६ बाटै बाहिरिएको छ । 

रियाल सोसिडाडले एडनान जानुजाजको गोलबाट ३३औं मिनेटमा अग्रता लिएको थियो । ४७औं मिनेटमा एलेक्जेन्डर सोर्लोथले रियालको अग्रता दोब्बर बनाए ।

Dabur Nepal
NIC Asia

खेल अघि रियाल सोसिडाडका समर्थकले एट्लेटिको मड्रिडका खेलाडी चढेको बसमा आक्रमण गरेका थिए । बसमा सामान्य क्षति भएको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् । पुलिसले हस्तक्षेप नगर्दासम्म सोसिडाडका समर्थकहरुले एट्लेटिकाका खेलाडीविरुद्ध नाराबाजी गरेका थिए । 

त्यसअघि कोपा डेल रेमै रियाल बेटिसका समर्थकले मैदानमा सेभियाका खेलाडीलाई पीभीसीको टुक्राले प्रहार गरेपछि स्पेन फुटबल संघले रियाल बेटिसको मैदानमा दुई खेल प्रतिबन्ध लगाइदिएको थियो । सेभियाका खेलाडी जोन जोर्डनलाई अस्पतान नै लग्नु परेको थियो । समर्थकको आक्रमण कारण खेल नै स्थगित गरिएको थियो । र, भोलिपल्ट विना दर्शक खेल खेलाइएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  ०८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro