site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
कोसी अस्पतालका ४० भन्दा धेरै चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित
SkywellSkywell

विराटनगर । कोसी अस्पताल विराटनगरका चिकित्सकसहित ४० भन्दा धेरै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि नियमित स्वास्थ्य सेवा सञ्चालनमा कठिनाइ भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले मंगलबार बिहानसम्म ४० भन्दा धेरै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिए । “अस्पतालको जनशक्ति नै संक्रमित भएपछि विभिन्न क्षेत्रको स्वास्थ्य सेवा सञ्चालन गर्न कठिनाइ भएको छ,” दासले भने ।

Dabur Nepal
NIC Asia

दासका अनुसार कोसी अस्पतालले कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको अनिवार्य कोरोना परीक्षण गराइरहेको छ । परीक्षणसँगै संक्रमित हुने संख्या पनि थपिएको हो ।

अझै संक्रमित थपिन सक्ने भएपछि अस्पतालका विभिन्न वार्डहरू कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल र योजना बनाइरहेको उनले बताए ।

सोमबार साँझसम्म अर्थोपेडिक वार्डमा कार्यरतहरूमा संख्यात्मक रूपमा बढी संक्रमित पाइएपछि सेवा बन्द गरिएको छ । कोसी अस्पतालमा विभिन्न फाँटमा ६०० भन्दा धेरै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro