क्युवा । लगातार तेस्रो वर्ष पनि विश्वमै सिंगापुर र जापानको पासपोर्ट सबैभन्दा शक्तिशाली सावित भएका छन् ।
अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आईएटीए) र आप्रवास परामर्शदाता हेन्ली एन्ड पार्टनर्सका अनुसार यि दुई मुलुकका नागरिकले बिना भिसा अर्थात् प्रवेषाज्ञा विश्वका २ सय २७ मध्ये १ सय ९२ गन्तव्यको भ्रमण गर्न सक्छन् ।
यसैगरी शक्तिशाली पासपोर्टधारी मुलुकको सूचीको सातौं स्थान मुनि रहेका उत्तर कोरिया र अफगानिस्तानका नागरिकले विश्वका मात्र २६ मुलुक र भूभागमा बिना भिषा भ्रमण गर्न पाउँछन् ।
गत अगष्टमा इस्लामिक अतिवादी समूह तालिवानले सत्ता कब्जा गरेयता विश्वका थुप्रै मुलुकको अस्थिर अफगानिस्तानसँगको कूटनीतिक सम्बन्ध बिग्रेको छ ।
हेन्लीको विश्लेषणअनुसार सत्र वर्षअघि यस सम्बन्धी सर्वेक्षण सुरु भएयता यसपालि पछिल्लो वरीयताको सूचीको माथिदेखि तलसम्मका मुलुकहरुमा सबैभन्दा ठूलो भिन्नता पाइएको छ ।
सूचीअनुसार क्रमशः पहिलोमा जापान र सिंगापुर, दोस्रोमा जर्मनी र दक्षिण कोरिया, तेस्रोमा फिनल्यान्ड, इटाली, लक्ज्वेम्वर्ग र स्पेन, चौंथोमा अष्ट्रिया, डेनमार्क, फ्रान्स, नेदरल्यान्डस, र स्विडेन, पाँचौंमा आयरल्यान्ड र पोर्चुगल, छैंटौमा बेल्जियम, न्युजिल्यान्ड, नर्वे, स्विजरल्यान्ड, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका, सातौंमा अष्ट्रेलिया, क्यानडा, चेक गणतन्त्र, ग्रिस र माल्टा, आठौंमा हँगेरी र पोल्यान्ड, नवौंमा लिथुआनिया र स्लोभाकिया, दसौंमा इस्टोनिया, लात्भिया र स्लोभेनिया तथा नेपाल एक सय पाचौं स्थानमा रहेका छन् ।
हुन्त अहिले विभिन्न मुलुकले कोरोना भाइरस महामारीबाट आ–आफ्ना जनताको प्राण जोगाउने उद्देश्यले तत्काल आन्तरिक निर्णय गरी आफ्ना सिमाना खोल्ने र बन्द गर्ने पनि गरिरहेका छन् ।
गोल्डेन पासपोर्टधारीलाई रोकिने
यसैबीच हालै युरोपेली आयोगले प्रशान्त द्वीपसमूह भानुआटुमा बिना भिषा भ्रमण गर्दै आएका गोल्डेन पासपोर्टधारीहरुलाई रोक्ने प्रस्ताव अघि सारेको छ ।
किनभने युरोपेली आयोगको धनी विदेशीहरुलाई यसको भ्रमणका लागि पासपोर्ट वितरण गर्ने योजना रहेको छ ।
यदि यस प्रस्तावलाई युरोपेली संघ ( इयु ) मुलुकहरुले समर्थन गरेको खण्डमा कुनै पनि मुलुकलाई इयुले त्यसको ‘गोल्डेन पासपोर्ट’ नीति रोक्न गरेको पहिलो पहल हुनेछ ।
युरोपेली आयोगले पटक पटक ‘गोल्डेन पासपोर्ट’ योजनाको कारण सुरक्षा तथा मुद्रा अपचलन जस्ता जोखिमहरु आउन सक्ने चेतावनी दिँदै आएको छ ।