site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिराहा जिल्ला क्रिकेट संघको निर्वाचन रोक्न राखेपको निर्देशन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले यही माघ ७ गते हुने भनिएको सिराहा जिल्ला क्रिकेट संघको निर्वाचन तत्कालका लागि रोक्न निर्देशन दिएको छ । 

पुस ३० गते सिराहा जिल्लाका कैलाश चौधरीसहित १२ खेलाडीले दिएको उजुरीका आधारमा राखेपले तत्कालका लागि सिराहा जिल्ला क्रिकेट संघ कार्यसमितिको निर्वाचन स्थगित गर्न निर्देशत दिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

जिल्ला क्रिकेट संघका अध्यक्ष सुनिलकुमार महासेठले आफूखुसी योग्यता नपुगेका व्यक्तिहरूलाई २०७४ सालमा सदस्यता वितरण गरी मनोमानी ढंगले निर्वाचन गराएर आफू अध्यक्षमा निर्वाचित भएको, योग्यता नपुगेका व्यक्तिहरूलाई कार्यसमितिमा निर्वाचित गराएको, संघको विधानत योग्यता पुगेका व्यक्तिलाई सदस्यता नदिएको र हाल संघको कार्य समितिको ४ वर्ष अवधि समाप्त भई नयाँ सदस्यता वितरण गरी निर्वाचन गराउन क्यानले निर्देशन दिएको पनि सदस्यता वितरणको सीमा सिराहा बजारमा मात्र सीमित गरी अन्य योग्यता पुगेका व्यक्तिहरूलाई बेवास्ता गर्नुका साथै अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई समेत सदस्यता वितरण नगरी माघ ७ गते जिल्ला कार्य समितिको निर्वाचन गराउन लागेको निर्वाचन रोक्का गरी हाल वितरण गरेको सदस्यताको न्यायचित छानविन गर्न राखेपमा निवेदन दिएका थिए । 

Royal Enfield Island Ad

त्यसपछि राखेपले जिल्ला क्रिकेट संघलाई विधानबमोजिम सदस्यता वितरण गरिएको हो/होइन ? कति जनालाई सदस्यता वितरण गरिएको हो ? संख्यासहितको विवरण उपलब्ध गराउन तथा निष्पक्ष ढंगले छानबिन गरी सो को सत्य तथ्य विवरण परिषद्मा पेस गर्न निर्देशन दिएको हो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro