site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश २ को नाम र राजधानी तोक्न गठित समितिको प्रस्तावमाथि छलफल सुरु
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । प्रदेश २ को नाम र राजधानी तोक्न गठित विशेष समितिले सहमति जुटाउन सकेको छैन । समितिले ६ बुँदे निष्कर्षसहित प्रदेश सभामा आज प्रतिवेदन पेस गरेको छ ।

प्रतिवेदनमा माघ पहिलो साता गोप्य मतदानमा जान प्रदेश सभालाई अनुरोध गर्ने निष्कर्ष निकालिएको छ । गोप्य मतदान प्रक्रियाका लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति, श्रोत साधन, मतदान सामग्री र सुरक्षाको प्रबन्धलगायतका यथोचित व्यवस्थापन मिलाउने निष्कर्ष निकालिएको छ । मतदान प्रक्रिया सभाकक्षसँगै रहेको कक्षमा सम्पन्न गर्ने र उल्लेखित राजधानी र नामकरणको प्रस्ताव सभामा पेस गर्ने भनिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

समितिले स्थायी राजधानीका लागि ६ वटा प्रस्तावलाई परिमार्जन गरी तीनवटा बनाएको छ । पहिलो प्रस्तावमा जनकपुरधाम स्थायी राजधानीको केन्द्र भई उत्तरमा ढलकेबर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना राख्ने छ ।

दोस्रो प्रस्तावमा विरगञ्ज पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्म राख्ने पनि प्रस्ताव आएका छन् । वीरगञ्ज महानगरपालिका भरी राख्ने तस्रो प्रस्तावको रूपमा रहेको छ । 

Global Ime bank

यस्तै, समितिले नाममा ६ वटा प्रस्ताव आएकामा परिमार्जन गरी चारवटा बनाएको छ । मधेस, जानकी, मिथिला–भोजपुरा र मध्य मधेस प्रस्ताव गरिएको छ । 

अहिले प्रदेश सभा बैठकमा राजधानीमाथि छलफल भइरहेको छ । नाम र राजधानीमाथिको छलफल सकेपछि निर्वाचको समय तालिका सभामुखले तय गर्नेछन् । सभामुखले तय गरेको समयमा नाम र राजधानी तोक्न मतदान हुने छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement