site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिको कार्यविधि दुई दिनमै परिमार्जन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डको सिफारिस समितिले तयार पारेको कार्यविधि परिमार्जन गरेको छ । पुस १५ गते सूचना प्रकाशित गर्दै अध्यक्षका लागि आवेदन माग गरेको सिफारिस समितिले केही दिनपछि कार्यविधि राख्ने जानाएको थियो ।

सोही अनुसार पुस २६ गते अर्थमन्त्रालयको वेबसाइटमा हस्ताक्षर नभएको कार्यविधि  प्रकाशित भयो । तर, २८ गते त्यसलाई हाटाएर सिफारिस समितिले पुनः हस्ताक्षर सहितको अर्को कार्यविधि राखेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

दुई दिनको बीचमा बोर्ड अध्यक्षले परिवर्तन गरेको कार्यविधिमा बोर्ड अध्यक्षको दावेदारको कार्यअनुभवका विषयबोहक अन्य कुनै परिमार्जन भएकाने देखिँदैन ।

Royal Enfield Island Ad

पुस २६ गतेको कार्यविधिमा उमेदवारको मूल्याङकनमा २५ अंकभार रहेको  सम्बन्धीत क्षेत्रको कार्यानुभवका विषयमा सिफारिस समितिले व्यवस्थापकीय तहको मात्रै भनेर उल्लेख गरेको छ । २८ गते प्रकाशित कार्यविधिमा सम्बन्धीत क्षेत्रको कार्यानुभवमा व्यवस्थापकीय तहको मात्रै उल्लेख गर्दै एक कदम अगाडि बढेर व्यवस्थापकीय तहको व्याख्या समेत गरेको छ । 

“व्यवस्थापकीय तहको अनुभव भन्नाले नेपाल सरकार एवं अन्य संगठित संस्थाको  प्रथम श्रेणी वा सोभन्दा माथिको तह (पद)को कार्यानुभवलाई लिइनेछ भन्ने उल्लेख गरिएको छ ।

धितोपत्र सम्बन्धी ऐनमा पनि धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा न्यूनतम सात वर्षको पेशागत अनुभव हासिल गरेको व्यक्ति बोर्ड अध्यक्ष बन्न सक्ने व्यवस्था रहेको छ । ऐनमा पनि सम्बन्धीत क्षेत्रको ७ वर्षको कार्यानुभव खोजे पनि व्यवस्थापकीय तह भनेको यही हुनुपर्ने भन्ने उल्लेख रहेको देखिँदैन ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro