site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
समाधिस्थल व्यवस्थित गर्न समुदायको अग्रसरता
SkywellSkywell

दमक । झापाको कमल गाउँपालिका–५ मा अवस्थित समाधिस्थल क्षेत्रलाई व्यवस्थित बनाउन सरोकारवाला लागेका छन् । समाधिस्थल संरक्षणमा राज्यले चासो नदिएको भन्दै स्थानीयवासी, जातीय संस्था तथा नागरिक समाजका अगुवाले समाधिस्थल व्यवस्थित गर्न सुरु गरेका हुन् ।

आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानको आयोजनामा बिहीबार समाधिस्थल क्षेत्रको व्यवस्थापनका विषयमा सरोकारवाला, समुदाय, संस्था र सो क्षेत्रका राजनीतिक, सामाजिक अगुवाबीच अन्तक्र्रियात्मक छलफल कार्यक्रममा सहभागीले समाधिस्थल व्यवस्थित बनाउन गुरुयोजना बनाउने तथा आदिवासी रङ्गशाला निर्माणलाई अघि बढाउनुपर्ने औँल्याएका थिए । 

Dabur Nepal
NIC Asia

उक्त भेलाबाट समाधिस्थललाई व्यवस्थित गर्न धीरेन्द्र सम्वाहाम्फेको संयोजकत्वमा देवेन्द्रराज आङदेम्बे सदस्यसचिव रहेको नौ सदस्यीय समाधिस्थल व्यवस्थापन समिति निर्माण गरिएको छ । समितिले तत्कालै समाधि व्यवस्थित गर्ने, समाधिस्थलमा अत्यावश्यक शौचालय, मलामी विश्रामघर निर्माणलगायत आवश्यक सरसफाइको काम गर्ने जनाइएको छ । 

दीर्घकालीनरूपमा समाधिस्थल क्षेत्रलाई सौन्दर्यकरण गर्दै सांंस्कृतिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको प्रतिष्ठानका महासचिव दिपेनवाला राईले जानकारी दिए । रासस 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro