site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
न्यू डायमन्डको लगातार दोस्रो जित
सांकेतिक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । न्यू डायमन्ड स्पोर्ट्स क्लबले टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा मंगलबार आयोजक टाइगर ग्रुप पोखरालाई ३–० को सोझो सेटमा हराएको छ । 

पोखरा रंगशालामा जारी प्रतियोगिताको दोस्रो संस्करणमा न्यू डायमन्डले टाइगर ग्रुपलाई २५–१९, २५–१३, २५–१६ को स्कोरमा हराएको हो । न्यू डायमन्डले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई पनि ३–१ को सोझो सेटमा हराएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्रिभुवन आर्मीको आजै पहिलो खेलमा सशस्त्र प्रशरी बल (एपीएफ)लाई ३–१ को सेटमा हराएको थियो । आर्मीले पहिलो सेट गुमाए पनि बाँकी सेट जितेको थियो । आर्मीले (एपीएफ)लाई १८–२५, २५–१९, २५–२५ र २५–१४ को स्कोरमा हराएको हो । 

मंगलबारै सम्पन्न पुरुषतर्फको खेलमा नेपाल पुलिसले साविक विजेता गण्डकी प्रदेशलाई २५–२२, २५–१८, २५–२० को सोझो सेटमा हरायो । यो जितसँगै पुलिसले दुई खेलबाट पाँच अंक बनाएको छ । गण्डकीको भने यो लगातार दोस्रो हार हो । पुलिसले पहिलो खेलमा हेल्प नेपाललाई ३–२ को सेटमा हराएको थियो । गण्डकी भने पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो ।

Global Ime bank

पुरुषतर्फकै अर्को खेलमा त्रिभुवन आर्मीले एपीएफलाई २५–१६, २२–२५, २५–१५, २५–२१ को स्कोरमा पराजित गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय