site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यूनीफील मिसन लेबननमा तैनाथ बर्दबहादुर गण सर्वोत्कृष्ट
Siddhartha BankSiddhartha Bank

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ यूनीफील मिसन, लेबननमा तैनाथ श्री बर्दबहादुर गण (शान्ति सेना) सर्वोत्कृष्ट भएको छ ।

६२ औं डफ्फाको रुपमा रहेको गणले उक्त अन्य १० राष्ट्रका गणहरुलाई पछि पार्दै सर्वोत्कृष्ट स्थान हासिले गरेको नेपाली सेनाले जनाएको छ । बर्दबहादुर गणमा कार्यरत नेपाली शान्ति सैनिकले आफ्नो जिम्मेवारी ईलाकामा गरेका उत्कृष्ट योगदानको कदर स्वरुप यूनीफीलका मिसन प्रमुख मेजर जनरल स्टेफानो डेल कोलले गणपतिलाई उत्कृष्टताको प्रतीक तथा प्रशंसा–पत्र प्रदान गरेका थिए ।

Agni Group
NIC Asia

उक्त गणले मिशन ईलाकामा तैनाथ भएदेखि नै कोभिड–१९ को चरम मार खेपिरहेको आफ्नो जिम्मेवारी क्षेत्रको आठवटै पालिकाहरुमा कोभिड किट वितरण गरेको थियो । 

यस्तै, विभिन्न समयमा नगरपालिकामा वृक्षारोपण, ऐतिहासिक किल्लाको संरक्षण र सम्वद्र्धन, गुणस्तरीय डेण्टल सेवा, विद्यालयमा स्टेशनरी वितरण, महिला स्वास्थ्य सम्बन्धि जनचेतना कार्यक्रमलगायत जनहितका कार्यक्रम गर्दै आएको थियो । 

Global Ime bank

यसैगरी, सेनाले ठूलो लगानीमा ‘कृषि पोखरी तथा सार्वजनिक बगैंचा’ निर्माण सम्पन्न गरेको बताइएको छ । जंगी अड्डाद्वारा जारी प्रेस विज्ञप्तिमा गणले लेवनान र ईजरायलको सीमा क्षेत्रमा फैलिएको जैतुन खेतीको बाली भित्र्यााउने कार्य मिशनको इतिहासमै पहिलो पटक सुरक्षित र शान्तिपूर्ण रुपमा सम्पन्न गरेको उल्लेख छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu