site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पीएसजी बराबरीमा रोकियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा गएराति लियोनविरुद्ध एक अंक लिनका लागि संघर्ष गर्नुपर्यो । लियोनल मेसीसँग केही महत्वपूर्ण खेलाडीबिना खेलेको पीएसजीले लियोनसँग १–१ को बराबरीमा रोकियो । 

गत बिहीबार कोभिड–१९ परीक्षणको नतिजा नेगेटिभ आएपछि मेसीले व्यक्तिगत रूपमा प्रशिक्षण सुरु गरेका थिए । तर, लियोनविरुद्धको खेलमा भने मेसी टिममा थिएनन् । मेसीबाहेक कोभिड–१९ संक्रमणका कारण विंगर एन्जेल डी मारिया, मिडफिल्डर युलियन ड्राक्सलर, रक्षक ड्यानिलो परेइरा, लेभिन कुर्जवा र गोलकिपर जियानलुइगी डोनारुमा पनि लियोनविरुद्धको खेलमा उपलब्ध थिएनन् । कुर्कुच्चाको चोटका कारण नेइमार पनि कम्तिमा अबको तीन महिना मैदान बाहिर हुनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

घरेलु टोली लियोनले लुकास पाक्वेएटाको गोलबाट सातौं मिनेटमा अग्रता लिएको थियो । खेल सकिन १४ मिनेट बाँकी हुँदा थिलो केहररले गोल गरेपछि पीएसजी एक अंक खोस्न सफल भएको थियो । 

पीएसजीका काइलियन एमबाप्पेले पहिलो र दोस्रो हाफमा गरेको प्रहार पोष्टमा लागेर फर्किएको थियो । त्यस्तै माक्विनहोसे प्रयासलाई लियोनका गोलकिपर एन्थोनी लोपेसले विफल बनाइदिएका थिए । 

Global Ime bank

बराबरी खेले पनि पीएसजीले शीर्ष स्थानमा ११ अंकको अग्रता लिएको छ । पीएसजीले २० खेलबाट ४७ अंक जोडेको छ भने दोस्रो स्थानको निसले समान खेलबाट ३६ अंक जोडेको छ । लियोन भने १९ खेलबाट २५ अंक जोड्दै ११औं स्थानमा छ । लिगमा लियोनको यो लगातार चौथो बराबरी हो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  ०७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement