site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पाकिस्तानमा हिमआँधीमा फसेका सयौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिँदै
Siddhartha BankSiddhartha Bank

पाकिस्तान । उत्तरी पाकिस्तानमा घातक हिमआँधीमा फसेका सयौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । हिउँमा रमाउन गएकाहरू भारी हिमपात भएपछि आफ्नै सवारी साधनभित्र फसेका थिए । उद्धारकर्ताहरू भारी हिमपातका कारण अवरुद्ध भएको सडक सफा गर्न संघर्ष गरिरहेका छन् ।

पहाडी सहर मुरीमा हिउँदको हिमपात हेर्न गएका झण्डै पाँच सय परिवारहरू अलपत्र परेको प्रहरीले जनाएको छ । एक प्रहरीको परिवारका आठ जना र अर्को परिवारको पाँच जना सदस्यसहित कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मुरीमा शुक्रबार आएको हिमआँधीका कारण रुखहरू ढलेर बाटो बन्द भएको थियो ।

सवारी साधनमा फसेर बाचेका सबै सुरक्षित रहेका बताइएको छ ।

Global Ime bank

त्यस क्षेत्रमा ग्यास र पानीको आपूर्तिमा कमी हुँदैछ । तर, स्थानीय वासिन्दा र रेस्टुरेन्टहरूले फसेका मानिसहरूलाई सहयोग गरिरहेका छन् ।

स्थानीय एक अधिकारीका अनुसार केही घण्टामै चार पाँच फिट हिउँ परेको थियो ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement