site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
उपत्यकामा संक्रमण बढ्यो, सरोकारवालासँग जिल्लाका सीडीओ छलफलमा
SkywellSkywell

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि तीन जिल्लाका सीडीओहरू आ–आफ्नो जिल्लाका सरोकारवाला निकायहरूसँग छलफलमा जुटेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओ संक्रमण रोकथामबारे कस्तो प्रावधान लागु गर्ने भन्नेबारे छुट्टाछुट्टै छलफलमा जुटेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आ–आफ्नो जिल्लाका सरोकारवालाहरूसँग आन्तरिक छलफलमा जुटेको जानकारी दिए ।

Dabur Nepal
NIC Asia

यस्तै, जिल्ला प्रशासन कार्यालय ललितपुरले आज दिउँसो सरोकारवालासँग बढ्दो संक्रमणदर र खोपबारे छलफल गर्ने भएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले दिउँसो २ बजे खोप समितिको बैठक बोलाइएको जानकारी दिए । खोप समितिको बैठकमै ललितपुरको बढ्दो संक्रमणदरबारे केही समीक्षा हुने पनि उनले बताए ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि संक्रमण रोकथाम गर्न आवश्यक तयारीसहित जिल्लाका सरोकारवालाहरूसँग आन्तरिक छलफलमा जुटेको जनाएको छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले खोप, भिडभाड नियन्त्रण, बढ्दो संक्रमणदरबारे छलफल भइरहेको बताइन् । ‘‘तीन जिल्लाका सीडीओ संयुक्त रूपमा बैठक बसेर आवश्यक निर्णय गर्ने भन्नेबारे छलफल भइसकेको छ । अब कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को शुक्रबारको निर्देशन आउनेबित्तिकै तत्काल कदम चाल्छौँ,” प्रजिअ शर्माले भनिन् ।

तीन जिल्लाका प्रजिअले सीसीएमसीसीको निर्देशन कार्यालयमा आइसकेपछि र विभिन्न सरोकारवाला निकायसँगको छलफलपछि संयुक्त रूपमा तीन जिल्लाका प्रजिअको बैठक बस्ने बताएका छन् । देशभर कोरोना संक्रमण बढ्न थालेपछि शुक्रबार सीसीएमसीसीको बैठक बसेको थियो ।

प्रजिअहरूले ‘स्मार्ट लकडाउन’, ‘लकडाउन’ र निषेधाज्ञा जारी गर्नेबारे भने तत्काल तयारी नगरेको पनि बताएका छन् । सीडीओहरूको संयुक्त बैठकले भिडभाड हुने क्षेत्र नियन्त्रण र व्यवस्थापनको प्रावधान ल्याइने जनाइएको छ ।

प्रजिअले खोप व्यवस्थापन, स्वास्थ्य मापदण्ड पालना गराई कोरोना रोकथाम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालयसँग समन्वय गर्दै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro