site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको निर्देशन– ओमिक्रोनको संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउनू
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफू संयोजक रहेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन र संक्रमितहरूको उपचारमा विशेष ध्यान दिन निर्देशन दिएका हुन् ।

उनले ओमिक्रोनको संक्रमण दर बढ्न नदिन सीमा नाकाहरूलाई चुस्तदुरुस्त बनाउन र संक्रमितहरूको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउन पनि सचेत गराए । संक्रमितहरूको परीक्षण, उनीहरूको उपचारको व्यवस्था र कोभिडविरुद्धको खोप लगाउने कामलाई पनि अझ तीव्रता दिन प्रधानमन्त्रीबाट निर्देशन भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बैठकले संघीय सरकारले बेहोर्नेगरी संक्रमितहरूको उपचार खर्च तत्कालका लागि भने स्थानीय सरकारले बेहोर्ने विषयमा पनि छलफल गरेको छ ।

बैठकमा ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा छिट्टै अर्को बैठक बोलाएर स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ । संक्रमितहरूको संख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे विदालाई ध्यानमा दिएर विद्यालयहरू बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा पनि छलफल गरिएको मन्त्री खतिवडाले बताए ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro