देश
काठमाडौं । बसन्तपुर हनुमानढोका दरबार क्षेत्रस्थित कृष्ण मन्दिर परिसरमा मल्लकालिन शिलालेख तोडफोड आरोपमा एक महिला पक्राउ परेकी छिन् ।
उनलाई महानगरीय प्रहरी बृत्त जनसेवा न्युरोडले आज पक्राउ गरेको हो । ती महिलालाई केही बेरमा महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक गर्ने जनाइएको छ ।
अहिले महिला महिलाको बयान लिइरहेको र विस्तृत विवरण केही बेरमा आउने प्रहरीले जनाएको छ । गत पुस १५ गते बिहीबार शिलालेख तोडफोड गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८ १२:५१
प्रतिक्रिया दिनुहोस्