site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अपराजित संकटालाई सातदोबाटोको चुनौती
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातौँ चरणसम्म अपराजित रहेको संकटा क्लबले शुक्रबार सातदोबाटो युथ क्लबविरुद्ध खेल्दै छ । संकटा आज नवप्रवेशी क्लबविरुद्ध विजयी नतिजा निकाल्दै उपाधि होडमा शीर्ष स्थानका मच्छिन्द्र क्लब र मनाङ–मर्स्याङ्दी क्लबलाई दबाबमा राख्न चाहन्छ ।

पछिल्लो समय खराब लयबाट गुज्रिएको सातदोबाटो आज पुनरागमनको लक्ष्यमा हुनेछ । सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसी मातृशोकका कारण आज पनि टच लाइनमा हुने छैनन् । केसीको स्थान सुरज महर्जनले लिएका छन् । महर्जनले मुख्य प्रशिक्षक केसीको अभाव खड्किएको बताए ।

‘‘उहाँ नहुँदा हाम्रो प्रशिक्षणमा असर त गरेको छ । तथापि, हामीले उहाँसँग सम्भव भएसम्म भेटेर र नभए फोनमै भए पनि सल्लाह–सुझाव लिएका छौँ,’’ सहायक प्रशिक्षक महर्जनले भने, ‘‘संकटाविरुद्धको खेल हाम्रो लागि एकदमै महत्त्वपूर्ण छ । उनीहरू राम्रो टिम हो र हामीले त्यहीअनुसार तयारी गरेका छौँ ।’’

Agni Group
NIC Asia

सातदोबाटोमा अजयी मार्टिन्स हुने छैनन् । मार्टिन्सले लिगमा चार गोल गरिसकेका छन् । दुई पहेँलो कार्डका कारण उनी संकटाविरुद्धको खेलमा हुने छैनन् । उनको अभाव आज सातदोबाटोलाई हुनेछ ।

‘‘विदेशी खेलाडी मार्टिन्स नहुँदा हामीलाई गाह्रो त हुन्छ,’’ प्रशिक्षक महर्जनले भने, ‘‘तर, उनी नभएको अवस्थामा हामीले त्यहीअनुसार तयारी गरेका छौँ । उनको स्थानमा नेपाली खेलाडीले खेल्नेछन् ।’’

Global Ime bank

सातदोबाटो अहिले आठ अंकका साथ आठौँ स्थानमा छ । सातदोबाटोले सातमध्ये दुई खेलमा जित, दुई बराबरी खेलेको छ भने तीन खेल हारेको छ । संकटा भने तीन खेलमा जित र चार खेलमा बराबरी खेल्दै १३ अंकका साथ तेस्रो स्थानमा छ । त्यो शीर्ष स्थानको मच्छिन्द्रभन्दा चार अंकले पछाडि हो ।

संकटा आज सातदोबाटोलाई हराउँदै मनाङसँग अंक बराबरी गर्न चाहन्छ । संकटाका रक्षक अर्नेष्ट टेम्पी पनि चोटका कारण आजको खेलमा हुने छैनन् । टेम्पी आजको खेलमा मात्र नभई तीन महिना मैदान बाहिर हुनेछन् । संकटाले उनको स्थानमा भारतीय खेलाडी झिकाइसकेको छ । तथापि, एन्फामा दर्ता प्रक्रियामा रहेका कारण उनी आज खेल्नेमा शंका छ ।

संकटाका सहायक प्रशिक्षक राजकुमार केसीले टेम्पी नहुँदा टिमलाई असर पर्ने बताए । तथापि, उनले सातदोबाटोका मार्टिन्स नहुने भएकाले आजको खेलमा धेरै दबाब झेल्न नपर्ने बताएका छन् ।

‘‘टेम्पी नहुँदा त हामीलाई घाटा नै हुन्छ । तर, सातदोबाटोको पनि मार्टिन्स घाइते भएकाले बराबरजस्तै हुन्छ,’’ प्रशिक्षक केसीले भने ।

सातदोबाटो पछिल्लो खेलमा हिमालयन शेर्पा क्लबसँग १–० ले पराजित भएको थियो भने संकटाले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

एपीएफ र जावलाखेल आमने–सामने
आजै दोस्रो खेलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफ ६ अंक जोडेर दशौँ स्थानमा छ । जावलाखेल सात अंकका साथ नवौँ स्थानमा छ ।

एपीएफका सहायक प्रशिक्षक रत्न महर्जनले अघिल्ला खेलमा स्कोर निस्किए पनि गोल रोक्न नसक्दा नतिजा हातबाट फुस्किएको बताए । उनले त्यसलाई ध्यानमा राखेर प्रशिक्षण गरिएकाले आगामी दिनमा राम्रो नतिजा निस्कने विश्वास व्यक्त गरे ।

त्यस्तै, जावलाखेलका प्रशिक्षक किशोर केसीले ‘टेक्निकल्ली र ट्याक्टिकल्ली’ रूपमा एपीएफभन्दा आफ्नो टिम राम्रो भएको बताए । तथापि, उनले फिनिसिङको समस्या अझै समाप्त नभएको स्वीकार गरे । 

‘‘अझै पनि हामीलाई भाग्यले साथ दिएको छैन । हानेका बलहरू बारमा लाग्न छाडेका छैनन्,’’ केसीले भने, ‘‘एपीएफले पनि विदेशी खेलाडी राखेको छ । टिम राम्रो बनेको छ । तर, हामी उनीहरूभन्दा टेक्निकल्ली र ट्याक्टिकल्ली राम्रा छौँ । त्यो शुक्रबारको खेलले पनि प्रमाणित हुनेछ ।’’

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ०९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu