site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आउँदो आइतबारदेखि हुने भनिएको भारत भ्रमण रद्द भएको छ । कोभिड–१९ लाई कारण देखाउँदै बिहीबार भ्रमण रद्द गर्ने निर्णय गरिएको परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीलाई जानकारी दियो ।

पाँचौँपटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पहिलोपटक भारत भ्रमणमा जान लागेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश गुजरातमा यही जनवरी १० तारिखदेखि हुने भनिएको १०औंँ 'भाइब्रेन्ट गुजरात' सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा भारत जाने तय थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पनि देउवासहितको २५ सदस्यीय टोली भारत पठाउने निर्णय गरेको थियो । देउवा यही पुस २५ गते त्यसतर्फ प्रस्थान गर्न लागेका थिए ।

भारतले कोभिड–१९ को बढ्दो संक्रमणलाई कारण देखाउँदै चार दिनअगावै सम्मेलन दुई दिन पर सारेको छ । सोही कारण भारतबाट जानकारी आएपश्चात् प्रधानमन्त्री देउवाले भ्रमण स्थगन गरेका हुन् ।

Global Ime bank

देउवाको यो भ्रमणलाई महत्त्वका साथ हेरिएको थियो । भ्रमणका दौरान समकक्षी नरेन्द्र मोदीसँग साइडलाइन वार्ता हुने जनाइएको थियो । यस्तै, भारतसँग जी–टु–जीको माध्यमबाट रासायनिक मल खरिद सम्झौतामा हस्ताक्षर गर्ने तयारी समेत भएको थियो ।

“कोभिडका कारण भ्रमण स्थगन हैन, रद्द गर्नुपरेको हो,” परराष्ट्र स्रोतले बाह्रखरीसँग भन्यो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय