काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता यथास्थितिमा पारित गर्न नहुने निष्कर्ष निकालेको छ ।
पार्टीको गएको आइतबार सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनले ४५ बुँदा समावेश गरेर समसामयिक प्रस्ताव पारित गर्दै गम्भीर छलफलमा रहेको एमसीसी सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा पारित गर्नु नहुने उल्लेख छ ।
यस्तै, महिलाहरूले महिनावारी हुँदा प्रयोग गर्ने स्यानेटरी प्याडमा लगाइएको १३ प्रतिशत कर कटौती गर्न माग गरिएको छ ।
कालापानी, लिपुलेक लिम्पियाधुरालगायत नेपाली भूमि रक्षाका लागि संघर्ष गर्दै संसद्बाट पारित नेपालको नक्सालाई पाठ्यक्रममा समावेश गरी राष्ट्रियताको भावना सुदृढ गर्न सरकारसमक्ष माग पनि गरिएको छ ।
समसामयिक प्रस्तावको पूर्णपाठ पढ्नोस्–