site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वी नाका काकडभिट्टामा १,००० क्षमताको होल्डिङ सेन्टर, पुसभित्रै सञ्चालनमा आउने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । प्रदेश नम्बर १ को पूर्वीनाका काकडभिट्टामा होल्डिङ सेन्टर तयार भएको छ । पुस महिनाभित्रै सञ्चालन गर्ने तयारीका साथ निर्माणलाई गति दिइएको हो । संघीय सरकारको कूल २२ करोड रुपैयाँको लागतमा निर्माण भएको अधिकांश संरचनाको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनी हनुमान कन्ट्रक्सन्सले जनाएको छ ।

कोरोना संक्रमणका बेला पूर्वी नाका काकडभिट्टा भएर नेपाल प्रवेश गर्ने सम्भावित संक्रमितलाई राख्ने उद्देश्यसाथ २२ वटा ब्लकमध्ये २० क्वारेन्टाइन, २ प्रशासन, १२ डायनिङ हल, २ प्रशासनिक किचन र एक सेन्ट्रल किचन रहेका छन् । २२ ब्लकलाई ट्वाइलेटसमेत निर्माण भएका छन् । हनुमान कन्सट्रक्सन ललतितपुरका प्रतिनिधि सबिन भट्टराईले बताए । सेन्टरमा एकै पटक एक हजार जनालाई होल्ड गरेर राख्न सकिन्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पुस मसान्तसम्म सक्ने गरी थालिएको निर्माण कार्यमध्ये प्यानल लगाउने, १२ वटा ब्लकमा झ्यालढोका जडान, फल्स सिलिङ र पन्ध्रवटा किचन निर्माणको कार्य पुरा भएको छ । भट्टराईले भने,“नेपाली सेनाको रेखदेखमा निर्माण भइरहेको कामलाई पुसभित्रै पुरा गर्ने लक्ष्य छ ।”

मेचीनगर नगरपालिका वडा नम्बर १४ को दुआगढी नजिकैको हडिया खोलाको उकास जमिनमा निर्माण भएको संरचनालाई तेस्रो लहर आए पूर्ण रुपमा प्रयोग गर्न सकिने नगरपालिकाकी उपमेयर मीना उप्रेतीले बताइन । उनले भनिन्, “तेस्रो लहरको जोखिमबीच निर्माण भएको संरचनाले हामीलाई पनि निकै हौसला मिलेको छ । भारतबाट आउने संभावित संक्रमितलाई स्थानीय पालिकामा पठाउनु अघि राख्न र कोरोना परीक्षण गर्न सहज हुनेछ ।” 

Royal Enfield Island Ad

होल्डिङ सेन्टरमा चिकित्सकसमेतको टोली राख्ने प्रदेश सरकारको तयारी छ । निर्माण हुँदै गरेको संरचनाको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले निरीक्षण गरेका छन् ।

कार्कीले भने, “कोरोना पूर्ण रूपमा नसकिएको अवस्था छ । फेरि नयाँ भेरियन्टको जोखिम देखिएको छ । यो संरचना तयार भइसक्दा हामीलाई कोरोना नियन्त्रण अनि रोकथाममा थप सहज हुने सरकारको अपेक्षा छ ।”

हडिया खोलमा १२ बिघा उकासमध्ये ४ बिघा क्षेत्र होल्डिङ सेन्टरको लागि उपलब्ध गराइएको हो ।  
 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro